मौलिक भाषा र संस्कृति सिकाउन निजी विद्यालयले जोड दिनुपर्छः प्रदेश प्रमुख भट्ट
पाेखरा | मंसिर २३, २०८१
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षा क्षेत्रमा राज्यको सहयोगी बनिरहेको निजी क्षेत्रले गुणस्तरीयता कायम गर्दै नेपाली भाषा र संस्कृतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, (प्याब्सन) कास्कीले मंसिर १९ गतेदेखि पोखरा रंगशालामा आयोजना गरेको प्याब्सन स्पोर्टस् मीट २०८१ समापन समारोहका प्रमुख अतिथि भट्टले देशप्रति गर्व गर्ने योग्य नागरिक उत्पादन गर्न निजी विद्यालयको भूमिका हुने उल्लेख गर्नुभयो ।
‘विद्यार्थीको आचरण निर्माण, अनुशासन र चरित्र निर्माण जस्ता कुरामा पनि निजी विद्यालयहरुले उत्तिकै ध्यान दिनु आवश्यक देखिन्छ । शिक्षा क्षेत्रमा राज्यको एक चौथाई भार वहन गरेको निजी क्षेत्रले आफूप्रति सामाजिक विश्वास र आकर्षण बढाउन सकोस् भन्ने म शुभकामना व्यक्त गर्दछु।’ उहाँले भन्नुभयो ।
समयानुकूल परिमार्जित शिक्षा उपलब्ध गराउनको लागि शिक्षकहरूलाई तहगत तालिम, शिक्षक तथा कर्मचारीलाई राज्यले तोकेबमोजिम श्रमको मूल्य प्रदान गर्नतिर पनि निजी क्षेत्रको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

सयौं विद्यार्थीहरूलाई खेलकुदमा जोडेर उनीहरुबीच स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर यस्ता कार्यक्रमबाट मिल्ने भन्दै उहाँले निजी विद्यालयहरु राज्यका महत्वपूर्ण सहयोगी अंगका रुपमा रहेको उल्लेख गर्नुभयो ।
‘निजी क्षेत्रलाई सेवामुखी बनाउन राज्यका तर्फबाट नीतिगत विभेदको अन्त्य गरी सहुलियतहरु प्रदान गर्ने र लगानीमैत्री वातावरण सिजर्ना गर्न सरकारको ध्यान गएको छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो– ‘निजी विद्यालयहरुको संगठन र सरकारी संयन्त्रबीचको पारस्परिक विश्वास र सहकार्यमा जोड दिँदै अघि बढ्दा शिक्षा क्षेत्रको हित नै हुनेछ ।’

नेपालको शिक्षाको विकासमा सार्वजनिक–निजी साझेदारी अवधारणाको शक्तिलाई विकसित गर्नुपर्नेमा सरकारले जोड दिएको उहाँको भनाई छ ।
प्रदेश प्रमुख भट्टले अबको युग प्राविधिक दक्षता युक्त मानिसहरुको युुग भएकाले प्राविधिक ज्ञानसहितको शिक्षाको अव विकल्प रहने बताउनुभयो । शिक्षालाई प्रविधिसँग जोड्दै विद्यार्थीहरुलाई समय सुहाउँदो दक्ष नागरिक उत्पादनमा निजी विद्यालयहरु सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान मात्र नभई खेलकुदमा समेत उत्तिकै संलग्न गराउन जोड दिँदै भट्टले खेल क्षेत्रबाटै व्यक्ति र राष्ट्रले विश्वमाझ आफूलाई चिनाउने बताउनुभयो ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदव...
काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् । गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट...
म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका ...

